पॉंचवटा स्वादमा सिक्किम सुप्रीमको शुग्रर-फ्री एनर्जी ड्रिंक्स बजारमा
पॉंचवटा स्वादमा सिक्किम सुप्रीमको शुग्रर-फ्री एनर्जी ड्रिंक्स बजारमा


गान्तोक, 18 सेप्टेम्बर (हि.स.)। गभर्नमेन्ट फ्रूट प्रिजरभेशन फ्याक्ट्री (सिक्किम सुप्रीम) ले शनिवार विश्वकर्म पूजाको अवसरमा पॉंचवटा स्वादमा पेय पदार्थ (एनर्जी ड्रिंक्स) लोकार्पण गऱ्यो। यो एनर्जी ड्रिंक्स सुगर-फ्री रहेको छ, जुन यसको प्रमुख विशेषता हो। उपभोक्ताहरूले अब केही दिनमै यसका स्वादहरूको आनन्द लिन सक्नेछन्।

सिक्किम सुप्रीमले उक्त एनर्जी ड्रिंक्स ब्ल्याकबोल्ट, रेड रस्, साइट्रस ट्वीस्ट, पीचिलिसियस् र बबलगम स्वादमा निकालेका छन्। यी स्वादहरू प्रत्येक उमेर वर्गका ग्राहकहरूलाई केन्द्रमा राखेर तयार गरिएका छन्। ब्ल्याकबोल्ट र रेड रस् युवाहरू, साइट्रस ट्वीस्ट र पीचिलिसियस् युवतीहरू तथा बबलगम नानीहरूलाई केन्द्रित गरेर तयार गरिएका स्वादहरू हुन्।

सिक्किम सुप्रीमले उक्त एनर्जी ड्रिंक्सको दाम केवल 20 रूपियॉं राखेको छ। बजारमा 250 एमएलका पेय पदार्थहरू हरदर 20 रूपियॉंमा बिक्री भइरहेका छन्। तर, सिक्किम सुप्रीमले 20 रूपियॉंमा 300 एमएल एनर्जी ड्रिंक्स प्रदान गरिरहेको छ। उक्त उत्पादहरू सुगर फ्री रहेकाले सबैका लागि उपयुक्त बताइको छ र सबैले निर्धक्क पिउन सक्नेछन्।

पूर्व सिक्किम अन्तर्गत सिङताम छेउ लोवर चिसोपानीस्थित गभर्नमेन्ट फ्रूट प्रिजरभेशन फ्याक्ट्री (सिक्किम सुप्रीम) मा शनिवार प्रबन्ध निदेशक पवन अवस्थीको बाहुलीद्वारा उक्त उत्पादहरूको विधिवत लोकार्पण गरियो। उनले स्वास्थ्य सम्बन्धित एनर्जी ड्रिंक्स तयार गर्ने विचार कोरोना महामारीको समयमा मानिसहरूको कल्याणलाई ध्यानमा राखेर आएको जानकारी गराए।

प्रबन्ध निदेशक अवस्थीले यी उत्पादहरू शुगर-फ्री रहेकाले स्वास्थ्यलाई लिएर सजग उपभोक्ताहरूले स्वीकार गर्ने छन् भन्ने आशा व्यक्त गरे। उनले अब केही दिनमै यी उत्पादहरू बजारमा आउने र देशव्यापी रूपमा यसको विपणन गर्ने योजना रहेको बताए। उनले यो एनर्जी ड्रिंक्स बेङ्गलोरको जोल्स हेल्थ इन्टरप्राइजसॅंग मिलेर तयार गरिएको थप जानकारी दिए। उनले सिक्किम सुप्रीमका भावी योजनाहरूमाथि पनि प्रकाश पारेका थिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande