कमनवेल्थ कराटे एवं फेडरेशन क्लब च्याम्पियनशिपः एथलीटहरूले 16 पदक जिते
कमनवेल्थ कराटे एवं फेडरेशन क्लब च्याम्पियनशिपः एथलीटहरूले 16 पदक जिते


नयॉं दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। भारतीय राष्ट्रिय कराटे टीम र एक्सट्रीम मार्शल आर्ट्स इण्डिया (एक्सएमए एकेडमी इन्डिया) का एथलीटहरूले बर्मिंघममा 7 सेप्टेम्बरदेखि 11 सेप्टेम्बरसम्म आयोजित 10औं कमनवेल्थ कराटे च्याम्पियनशिप र कमनवेल्ट कराटे फेडरेशन क्लब च्याम्पियनशिप 2022 मा 16 पदक जितेका छन् जसमा 11 रजत र 5 कांस्य पदक सामेल छन्।

यस प्रतियोगिताको कुलीन वर्गमा 21 देशका 500 खेलाड़ी र क्लब इभेन्ट्समा 1400 खेलाड़ीले भाग लिएका थिए। भारतीय कराटे टीमले कराटे इन्डिया अर्गनाइजेशन (केआईओ) का अध्यक्ष र कप्तान अनिकेत गुप्ताको देखरेखमा प्रतियोगितामा भाग लिए। पदक जित्ने खेलाड़ीहरूमा दीपिका धीमान, नोबिन पाचा जोमोह, स्नेहा गुसाईं, अर्पणा चौहान, नवीन भिंडिया, हर्षिल, अख्तर, मनोज ढोइया, यश शर्मा र मीमांशा जोशी सामेल छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande