पेट्रोल-डीजलको दाम स्थिर, कॉंचो तेल 92 डलरप्रति ब्यारल
पेट्रोल-डीजलको दाम स्थिर, कॉंचो तेल 92 डलरप्रति ब्यारल


नयॉं दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाममा घट-बढबिच कॉंचो तेलको दाम स्थिर रहेको छ। सार्वजनिक क्षेत्रका तेल विपणन कम्पनीहरूले दुवै इन्धनको दाममा फेरबदल गरेको छैन।

इण्डियन ओएलको वेबसाइट अनुसार राजधानी दिल्लीमा पेट्रोलको दाम 96.72 रूपियॉं र डीजलको दाम 89.62 रूपियॉंप्रति लिटर पुगेको छ। यसरी नै महानगरहरू मुम्बईमा पेट्रोल 106.31 रूपियॉं र डीजल 94.27 रूपियॉं, कोलकातामा पेट्रोल 106.03 रूपियॉं र डीजल 92.76 रूपियॉं तथा चेन्नईमा पेट्रोल 102.63 रूपियॉं र डीजल 94.24 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ।

कॉंचो तेलको दाममा ह्रासका कारण अमेरिका र अन्य यूरोपीय देशहरूमा मंदीको आशंका व्यक्त गरिएको छ। यो वर्ष प्रति ब्यारलको दाम 139 डलरसम्म पुगेको थियो जसमा अहिले 35 देखि 36 प्रतिशत गिरावटा आएको छ तर, पेट्रोल र डीजलको दाम स्थिर रहेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande