एफएफपीओ योजना र दिशानिर्देश विषय अभिसंस्करण कार्यक्रम सम्पन्न
एफएफपीओ योजना र दिशानिर्देश विषय अभिसंस्करण कार्यक्रम सम्पन्न


पाकिम, 20 सेप्टेम्बर (हि.स.)। मत्स्य कृषक उत्पादक संगठन (एफएफपीओ) योजना र दिशानिर्देशलाई लिएर पाकिमको सामुदायिक हलमा आज एक अभिसंस्करण कार्यक्रम आयोजन गरियो। पाकिम महकुमामा यस किसिमको यो पहिलो योजना हो भने लिङताम-पदमचेन जीपीयूका कृषकहरू पहिलो प्राप्तकर्ता रहेको बताइएको छ।

कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य मत्स्य कृषकहरूलाई एफएफपीओका योजना र दिशानिर्देश विषय जानकारी गराउनु रहेको बताइएको छ। यसै गरी, कृषकहरूलाई सशक्त बनाएर उनीहरूको आय दुई गुना गर्नु पनि कार्यक्रम केन्द्रित थियो।

कार्यक्रमका मुख्य अतिथि एनसीडीसी निदेशक एन. जसवन्तले कार्यक्रममा सम्बन्धित हितधारकहरूको बाक्लो उपस्थितिप्रति खुशी प्रकट गरे। उनले सिक्किममा एफएफपीओको वित्त पोषण र संवर्धनका लागि एनसीडीसीप्रति आभार प्रकट गरे। उनले आफ्नो सम्बोधनमा सिक्किमको मत्स्य निदेशालयको संक्षिप्त इतिहास र भावी योजनाहरूमाथि प्रकाश पारे।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande