अन्तरिक्ष रेकर्ड 437 दिन बिताउने रूसी अन्तरिक्ष यात्री पोल्याकोवको निधन
रसिया


मस्को, 20 सेप्टेम्बर (हि.स.)। अन्तरिक्षमा रेकर्ड 437 दिन बिताउने रूसी अन्तरिक्ष यात्री डा. वलेरी पोल्याकोवको निधन भएको छ। उनको आयु 80 वर्ष थियो। रूसको अन्तरिक्ष एजेन्सी रोसकस्मोसले डा. वलेरी पोल्याकोवको निधनको घोषणा गरेको छ। पोल्याकोव 8 जनवरी 1994 मा अन्तरिक्ष यात्रामा गएका थिए। अन्तरिक्षमा 437 दिन 17 घण्टा 38 मिनट बिताएपछि 22 मार्च 1995 मा फर्केका थिए। यस अवधिमा उनले 7075 पल्ट धरतीको चक्कर लगाए औं लगभग 19 करोड़ मील अन्तरिक्ष यात्रा गरे।

अन्तरिक्षमा रहेर उनले यदि कसैलाई मंगल ग्रहको लामो यात्रा गर्न परे यस्ता मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् वा सक्दैनन्, यो जान्ने प्रय़ास गरिरहेका थिए। यस अवधिमा भएको परीक्षणहरूबाट थाहा लाग्यो, साढ़े चौदह महिनाको उनको यस अभियानमा उनको काम गर्ने तरीकाहरूमा कुनै बदलाव भएको थिएन।

रूसी अन्तरिक्ष एजेन्सी रोसकस्मोसले उनको मृत्युको जानकारी दिँदै सोशल मीडिया पोस्टमा लेख्यो, उनलाई हीरो अफ सोवियत यूनियन र पायलट कस्मोनट अफ यूएसएसआर जस्ता मानद उपाधीहरूले सम्मानित गरिएको थियो। उनको शोधबाट मानव शरीर टाढ़ा अन्तरिक्षमा पनि तमाम समस्याहरूको सामना गर्नमा सक्षम छ भनी स्पष्ट भएको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande