अमेरिकाले प्रधानमन्त्री नरेन्द्र मोदीको बयानलाई स्वागत जनाए
अमेरिकाले प्रधानमन्त्री नरेन्द्र मोदीको बयानलाई स्वागत जनाए


वाशिङ्गटन, 21 सेप्टेम्बर (हि.स.)। अमेरिकाले शंघाई सहयोग संगठनको शिखर सम्मेलनको समय उज्बेकिस्तानको समरकन्दमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति ब्लादिमीर पुतिनको भेटवार्तामा भारतको अडानलाई समर्थन जनाएको छ। यस भेटवार्तामा दुवै देशका शीर्ष नेताहरूले यूक्रेन युद्धसहित अन्य विषयहरूमाथि चर्चा गरेका थिए।

यस विषयमा बाइडन प्रशासनले बयान जारी गरेको छ। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले मंगलवार भने, पुतिनसॅंग प्रधानमन्त्री मोदीको कुराकानीमा ‘यो यूक्रेनमा युद्धको समय होइन’ भनी बताए। प्रधानमन्त्री मोदीको यो सैद्धान्तिक बयान थियो। यसलाई उनी सही मान्छन्। अमेरिका भारतको यस बयानलाई स्वागत जनाउॅंद छ।

उल्लेखनीय छ, शिखर सम्मेलन अतिरिक्त प्रधानमन्त्री मोदीले रूसी राष्ट्रपतिसॅंग भेटवार्तामा भनेका थिए, आजको युग युद्धको होइन। शान्तिलाई लिएर मैले तपाईसॅंग फोनमा कुरा पनि गरेको थिए। भारत र रूस दशकौंदेखि एकअर्काको साथमा रहेका छन्।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिवनले भने, मलाई लाग्छ प्रधानमन्त्री मोदीले जे भने त्यो सही र न्यायपूर्ण छ। कसैले पनि आफ्नो छिमेकीको क्षेत्रलाई बलपूर्वक जित्न सक्दैन। यो समय रूसलाई स्पष्ट अनि अचूक सन्देश पठाउने हो। हामी चाहन्छौ कि संसारका सबै देशहरूले पनि यस्तै गरून्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande