अलैंचीको रेशा मूल्यवर्धनमाथि 15 दिवसीय प्रशिक्षण समाप्त
अलैंचीको रेशा मूल्यवर्धनमाथि 15 दिवसीय प्रशिक्षण समाप्त


मंगन, 21 सेप्टेम्बर (हि.स.)। अलैंचीको रेशा (फाइबर) मूल्यवर्धन विषय पासिङदाङ वीडीवीकेमा आयोजित 15 दिवसीय प्रशिक्षण सफलतापूर्वक सम्पन्न भयो। समापन समारोहमा जङघूका विधायक पिन्चो नामग्याल लेप्चा, एओ वाईके प्रधान, नोडर अधिकारी, वार्ड पञ्चायत आदि सहभागी बनेका थिए।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले बजार व्यवस्थापनमाथि बोल्दै यस योजनाको माध्यमद्वारा आत्मनिर्भर बन्न प्रयास गर्नु पर्छ भनी बताए। उनले सरकारको तर्फबाट हर सम्भव सहयोगको आश्वासन दिए।

प्रशिक्षण टेबल म्याट, पर्या-मैत्री योगा म्याट, बटन फ्लावर आदि सामग्रीहरू तयार गर्नका लागि अलैंचीको रेशा निकाल्ने, प्रशोधन गर्ने, कताई र बुनाई गर्ने प्रक्रियामाथि केन्द्रित थियो। प्रशिक्षण आयोजन गर्नुको उद्देश्य अलैंची उत्पादन हुने ठाउॅंहरूमा शिल्पलाई बढावा दिनु, एसएचजी सदस्यहरूलाई कौशल प्रदान गर्नु र गुणस्तरीय अलैंचीको रेशा उत्पादन गर्न सक्षम बनाउनु रहेको थियो।

कार्यक्रममा अतिथिहरूको बाहुलीद्वारा प्रशिक्षुहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande