देशमा 217 करोड़ 11 लाखभन्दा धेरै कोरोनारोधी टीका लगाइयो
कोरोना


नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। देशमा अहिलेसम्म 217 करोड़ 11 लाखभन्दा धेरै कोरोनारोधी टीका लगाइएको छ। गत 24 घण्टामा 15 लाख 85 हजार टीका लगाइयो।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, राज्यहरू एवं केन्द्र शासित प्रदेशहरूलाई कोरोनारोधी टीकाको कूल 203.45 करोड़ खुराक उपलब्ध गराइएको छ। यसमध्ये राज्यहरूसित अहिलेपनि टीकाको 3.56 करोड़ खुराक उपलब्ध छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande