दिल्लीमा मास्क नलगाउॅंदा जरिमानाको नियम हट्न सक्छ
दिल्लीमा मास्क नलगाउॅंदा जरिमानाको नियम हट्न सक्छ


नयॉं दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। दिल्लीमा कोरोना भाइरसको स्थिति पूर्ण रूपमा नियन्त्रित छ। यसलाई ध्यानमा राख्दै दिल्लीमा अब मास्क नलगाउॅंदा लाग्ने जरिमाना हटाउन सकिन्छ।

दिल्ली आपदा प्रबन्धन प्राधिकरण (डीडीएमए) को बिहीवार यहॉं बैठक सम्पन्न भयो। सूत्रहरू अनुसार, यसमा अब दिल्लीमा मास्क नलगाउॅंदा चालान, जरिमाना नलगाउने निर्णय लिइएको छ। यद्यपि, यसको अहिलेसम्म आधिकारिक रूपमा घोषणा भने भएको छैन।

आजको बैठकमा उपराज्यपाल वीके सक्सेना, मुख्यमन्त्री अरविन्द केजरीवाल र दिल्ली पुलिस आयुक्त संजय अरोडा सहित अन्य उपस्थित थिए।

डीडीएमएले अप्रेलमा कोविड पोजिटिभ मामिला 18 प्रतिशत भन्दा धेर हुॅंदा मास्क अनिवार्य गरेको थियो। यसको उल्लंघन गर्नेहरू विरूद्ध 500 रूपियॉं जरिमाना तय गरिएको थियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande