देशमा 310 रेलवे स्टेशनमा उपलब्ध छ ई-केटरिङ सेवा
ई


नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। भारतीय रेलवेले केन्द्र सरकारको डिजिटल इण्डिया पहललाई प्रोत्साहन दिनका लागि स्टेशनहरूमा खानपान एकाईहरूबाट खाद्य पदार्थहरूको खरीदको निम्ति डिजिटल लेनदेनको व्यवस्थालाई प्रोत्साहित गरिहेको छ। देशभरिमा यस समय 8,878 स्थिर एकाईहरूमा डिजिटल भुकतानको सुविधा छ। यस बाहेक ओवरचार्जिङको शिकायतहरूको समाधानको निम्ति खानपान एकाईहरूमा ह्याण्डहेल्ड पीओएस मशीन मुद्रित बिल र चालान बनाउनका लागि प्रदान गरिन्दैछ, जसले गरिएका लेनदनका सबै विवरणहरूलाई दर्शाउँछ। वर्तमानमा 596 ट्रेनमा 3,081 पीओएस मशीनहरू उपलब्ध छन्। पीओएस मशीनको साथ 4,316 स्टेटिक यूनिट उपलब्ध गराइएको छ।

ट्रेनहरूमा यात्रीहरूको निम्ति उपलब्ध विकल्पहरूको सीमा बढ़ाउनका लागि भारतीय रेलवेमा ई-केटरिङ सेवाहरू शुरू गरिएको छ। ई-केटरिङ सेवाहरूको प्रबन्धन इण्डियन रेलवे केटरिङ एण्ड टूरिजम कोरपोरेशन (आईआरसीटीसी) द्वारा गरिन्छ। यात्रीले ई-टिकटको बुकिङको समय वा ट्रेनमा यात्रा गरेको समय एप, कल सेन्टर, वेबसाइट र 1323 मा कल गरी आफ्नो मनपर्ने भोजनको प्री-अर्डर गर्नसक्छन्। ई-केटरिङ सेवा वर्तमानमा 310 रेलवे स्टेशनहरूमा 1755 सेवा प्रदाताहरू र 14 खाद्य एग्रीगेटर्सको माध्यमले उपलब्ध छ, जसले प्रतिदिन औसतन 41,844 भोजनको आपूर्ति गर्दछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande