नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ
नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। रम्फू पुलिस थानामा एक 13 वर्षीय नाबालिगमाथि यौन दुर्व्यवहार भएको मामिला दर्ता भएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ।

पुलिस रिपोर्ट अनुसार, एक 18 वर्षीय युवकले नाबालिगमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। नाबालिग आफ्ना उमेरका अन्य नानीहरूको तुलनामा असामान्य रहेको बताइएको छ। आरोपित युवक मूल रूपमा बिहार निवासी हुन् र हाल सिङताममा बस्दै छन्।

पुलिसले पोक्सो अधिनियम, 2012 अन्तर्गत मामिला दर्ता गरेर आरोपित युवकलाई पक्राउ गरेर गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande