श्री काशी विश्वनाथ धामलाई दानमा एक करोड़को सफाई मेशीन प्राप्त
श्री काशी विश्वनाथ धामलाई दानमा एक करोड़को सफाई मेशीन प्राप्त


वाराणसी, 22 सेप्टेम्बर (हि.स.)। श्री काशी विश्वनाथ धामलाई एचडीएफसी ब्याङ्कले बिहीवार एक करोड रूपियॉंको दुईवटा मेशीन प्रदान गरेको छ। उक्त मेशीनद्वारा मन्दिर परिसरमा सफाई कार्यमा सहयोग प्राप्त हुनेछ। दिउॅंसो मण्डलायुक्त दीपक अग्रवालले विधि विधानसॅंग दानमा प्राप्त मेशीनहरूको पूजा गरे।

उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छताको सन्देशलाई लिएर ब्याङ्कले आफ्नो सीएसआर फण्डबाट यो पुनीत कार्य गरेको हो। मन्दिरका मुख्य कार्यपालक अधिकारी सुनील कुमार वर्माले भने, श्री काशी विश्वनाथ धाम परिसर अब लगभग 6 लाख स्क्वायर फिट भएको छ। यस्तो स्थितिमा मेशीनद्वारा सफाईमा सुविधा प्राप्त हुनेछ। यी मेशीनहरूले धामको सफाई एयरपोर्ट र मल समान हुनेछ।

ब्याङ्कका सर्कल हेड मनीष टण्डनले भने, यो एउटा सौभाग्य हो। आगामी दिनहरूमा पनि हामी ब्याङ्कको तर्फबाट सेवा प्रदान गरिरहने छौ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande