सेवा र सहयोग हाम्रो विरासतको हिस्साः डा. मनसुख माण्डविया
सेवा र सहयोग हाम्रो विरासतको हिस्साः डा. मनसुख माण्डविया


नयॉं दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। केन्द्रिय स्वास्थ्य मन्त्री डा. मनसुख माण्डवियाले सेवा र सहयोग हाम्रो विरासतको हिस्सा रहेको बताएका छन्। यसले भारतीय रेडक्रस सोसाइटीको आदर्श वाक्यलाई पनि रेखान्कित अनि परिभाषित गर्दछ जुन आवश्यकता र आपात स्थितिमा मानवताको सेवा र सहायताप्रति आफ्नो कामको निम्ति चिनिन्छ भनी उनले बताए।

उनी आज इण्डियन रेडक्रस सोसाइटी (आईआरसीएस) का राज्य अनि केन्द्र शासित प्रदेशहरूको लीडरशिप समिटको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थिए। यस दुई दिवसीय चिन्तर शिविरको आयोजनको उद्देश्य आईआरसीएसको कामकाजमा सुधारका तरिकाहरू र साधनहरूमाथि गहर विचार विमर्श गर्नु हो।

यस अवसरमा केन्द्रिय मन्त्रीले भने, हामी सदैव अन्य देशहरूका स्वास्थ्य सेवा मडललाई हेरेर रोमान्चित हुन्छौ, तर कोरोनाले हाम्रो व्यवस्थाको ताकत दर्साएको छ र उन्नत देशहरूको यस सम्बन्धमा कमजोरीहरू उजागर भएका छन्। भारतले कोरोनाको सफल क्षेत्रीय मडलको प्रबन्धन गर्नुका साथै भ्याक्सीन मैत्री अन्तर्गत औषधी र टीकाहरूको आपूर्तिको रूपमा धेरै देशहरूलाई अन्तरराष्ट्रिय सहायता पनि प्रदान गरे।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande