उपराष्ट्रपतिले लोकमन्थन-2022 को उद्घाटन गरे, मुख्यमन्त्रीको पुस्तकको लोकार्पण
लोक


गुवाहाटी, 22 सेप्टेम्बर (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड़ले बिहीवार गुवाहाटीको पांजाबारी स्थित श्रीमन्त शंकरदेव कलाक्षेत्रमा आयोजित ‘लोकमन्थन-2022’ को औपचारिक रूपमा उद्घाटन गरे। उनले ‘इन परस्यूट अफ ए ड्रीम’ नाम गरिएको मुख्यमन्त्री डा. सरमाको पुस्तकको विमोचन पनि गरे।

यस अवसरमा राज्यपाल प्रो. जगदीश मुखी, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको साथ प्रज्ञा प्रवाहका राष्ट्रिय संयोजक जे नन्दकुमार र लोकमन्थन-2022 का कार्यकारी अध्यक्ष डा. गार्गी सैकिया महन्त आदि प्रमुख व्यक्ति मंचासीन थिए। मुख्यमन्त्रीले उपराष्ट्रपतिको असमिया परम्परा अनुसार सराई, च्यादर आदि भेट गरी स्वागत जनाए।

कार्यक्रममा हिस्सा लिँदै मुख्यमन्त्री डा. सरमाले ट्वीट गर्दै भने, ‘यस कार्यक्रममा उपस्थित भएर मलाई अपार प्रसन्नता भईऱहेछ। उपराष्ट्रपतिको उपस्थितिले निश्चित रूपमा यस आयोजनमा हाम्रो आफ्नो समृद्ध संस्कृति, परम्पराहरू, गुणहरू, ज्ञान र जीवन शैलीको विचार प्रक्रियातिर बढ्ने सन्देश दिनका साथै कार्यक्रमको अभूतपूर्व सफलता प्रदान गर्नमा मद्दत गर्नेछ। हामी आफ्नो मूल्यहरू र लोकाचारलाई ध्यानमा राख्दै ‘लोकमन्थन’ को आयोजनको निम्ति असमलाई चुन्नका लागि आयोजकहरूप्रति ईमानदारीले आभार व्यक्त गर्दछौं। मलाई दृढ़ विश्वास छ, हाम्रा राज्यका विभिन्न जनजातिहरू, उप-जातिहरू र स्वदेशी समुदायहरूको मानव संसाधन समृद्ध संगम यस बौद्धिक मन्थन पहलको महान सफलतामा योगदान दिनेछ’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande