विश्व कार मुक्त दिवस आज, केन्द्रिय स्वास्थ्य मन्त्रीले साइकलको विकल्प रोज्ने अपील गरे
साइकल


नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। पर्यावरण संरक्षणको निम्ति आज विश्व कार मुक्त दिवस पालन गरिन्दैछ। हरेक साल प्रदूषण रोक्नका लागि 22 सेप्टेम्बरको दिन विश्वभरिमा कार मुक्त दिवसको रूपमा मनाइन्छ।

यस अवसरमा बिहीवार केन्द्रिय स्वास्थ्य मन्त्री डा. मनसुख माण्डवियाले ट्वीट गरी महात्मा गान्धीको कथनलाई दोहोराउँदै भने, ‘मानिसहरू स्वयं त्यो बदलाव बन्नुपर्छ, जुन उनीहरूले विश्वमा हेर्न चाहन्छन्। विश्व कार मुक्त दिवसमा सबैसित साइकल, पैदल वा सार्वजनिक परिवहन जस्ता स्थायी परिवहन विकल्पहरू रोज्ने अपील गर्दछु। यसले न केवल तपाईको स्वास्थ्यमा सुधार ल्याउनेछ तर पर्यावरणमा पनि सकारात्मक प्रभाव पार्नेछ’।

उल्लेख्य, विश्वभरिमा क्लाइमेट चेञ्ज र ग्लोबल वर्मिङको बढ्दो खतरालाई ध्यानमा राख्दै 22 सेप्टेम्बरमा विश्व कार मुक्त दिवस मनाइन्छ। यस दिन मानिसहरूलाई प्रदूषणले बढ्दो खतराबारे जागरूक गरिन्छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande