प्रतिबन्धित नशालु पदार्थसहित एक पक्राउ
प्रतिबन्धित नशालु पदार्थसहित एक पक्राउ


गान्तोक, 26 सेप्टेम्बर (हि.स.)। मंगन पुलिस थाना क्षेत्र अन्तर्गत राङराङबाट एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको नाम मोहम्मद नूर आलम रहेको बताइएको छ। 28 वर्षीय आरोपित व्यक्ति मूल रूपमा कटिहार, बिहार निवासी हुन् भने आहल फाका लाचुङ बस्दैछन्।

पुलिस रिपोर्ट अनुसार, विश्वसनीय सूत्रहरूले मोहम्मद नूर आलम सिङतामदेखि मंगन एउटा ट्याक्सी वाहनमा यात्रा गरिरहेको र उनीसॅंग भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थ रहेको सूचना पुलिसलाई दिएको थियो। सूचनाको आधारमा पुलिस दल राङराङ आउटपोस्ट पुगेर आरोपित व्यक्तिका सर सामग्रीहरूको जॉंच गऱ्यो। जॉंचमा पुलिसले भारी मात्रामा स्पास्मोप्रोक्सिवन क्याप्सुल भेटाए।

पुलिसले आरोपित व्यक्ति विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande