गान्धी जयन्ती फूटबल टुर्नामेन्टको छेटौं दिन आयन क्लब बिजयी
गान्धी जयन्ती फूटबल टुर्नामेन्टको छेटौं दिन आयन क्लब बिजयी


सोरेङ, 28 सेप्टेम्बर (हि.स.)। नव युवा जागरण संघद्वारा चुम्बुङद्वारा आयोजित 153औं गान्धी जयन्ती एवं दोस्रो दशेरा फूटबल प्रतियोगिताको छैटौं दिन सोरेङ पञ्चायत सभापति आइरस लेप्चा मुख्य अतिथिको रुपमा उपस्थित थिए।

यसरी नै समारोहमा विशिष्ट अतिथिको रुपमा एसकेएम नारी मोर्चाकी बीएलसी संयोजिका पवित्र मुखिया, एसकेएम बीएलसी सभापति हिरेन गुरुङ, खेलकूद विभागबाट जोनशिला राई र राजेन्द्र कुमार राई उपस्थित थिए भने यस फूटबल प्रतियोगितामा भूतपूर्व सैनिकका सदस्यहरू धेरै संख्यामा उपस्थित रहेको थियो।

यसरी नै आजको खेल बुदाङ एफसी र आयनबीच सम्पन्न भयो। उक्त खेलमा बुदाङले लगाएको 1 गोलको विरुद्ध आयनले 7 गोल लगाएर जीत हासिल गरेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande