ड्रग्स सहित एक पक्राउ
ड्रग्स सहित एक पक्राउ


गान्तोक, 28 सेप्टेम्बर (हि.स.)। रम्फू पुलिसले प्रतिबन्धित ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी नाम्चीस्थित अप्पर तार्कु निवासी प्रेम कुमार छेत्रीको रूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले आरोपीबाट 960 वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल र एक बोतल कफ सिरप फेला पारेको छ।

पुलिसले जानकारी गराए अनुसार, आरोपित छेत्री एउटा टाटा सुमोमा यात्रा गरिरहेका थिए। पुलिसले आरोपितलाई शंकाको आधारमा रम्फू चेकपोस्टमा जाँच गर्दा ड्रग्स फेला पारेको हो। रम्फू पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट 2006 अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande