नशालु पदार्थ सहित चालक पक्राउ
नशालु पदार्थ सहित चालक पक्राउ


गान्तोक, 30 सेप्टेम्बर (हि.स.)। लाचुङ पुलिसले प्रतिबन्धित नशालु पदार्थसहित एक चालकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपित नाम्चेबुङ निवासी सन्तोष शर्माको रूपमा पुलिसले चिन्हित गरेको छ।

पुलिस रिपोर्ट अनुसार, आरोपित चालक इनोभा वाहन लिएर गइरहेका थिए। पुलिसले वाहनको कागज पत्र जाँच गर्ने क्रममा चालकमाथि शंका लागेपछि आरोपितबाट पुलिसले नशालु पदार्थ फेला पारेको थियो।

आरोपितबाट गोल्ड फल्याग सिग्रेटभित्र 5 वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल, 3 वटा विन्डलास विन्सपास्मो फोर्ट फेला पऱ्यो। पुलिसले आरोपितविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट 2006 अन्तर्गत मुद्दा दर्ता गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande