रम्फू चेक-पोस्टमा वाहन जॉंचको क्रममा एक व्यक्ति पक्राउ
रम्फू चेक-पोस्टमा वाहन जॉंचको क्रममा एक व्यक्ति पक्राउ


गान्तोक, 19 जनवरी (हि.स)। रम्फू चेक-पोस्टमा नियमित वाहन जॉंचको क्रममा एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्ति आरिथाङ, गान्तोक निवासी हुन्।

पुलिस रिपोर्ट अनुसार, बुधवार रम्फू चेकपोस्टमा नियमित वाहन जॉंचको क्रममा एक संदिग्ध व्यक्तिको छानबिन गरियो। उक्त व्यक्तिबाट 167 वटा निलो रंगको क्याप्सुल र 58 वटा नाइट्राजेपम ट्याबलेट भेटियो।

पुलिसले आरोपित व्यक्ति विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande