बंगालमा फेरि 43 लाख रूपियॉं जफत गरियो
बंगालमा फेरि 43 लाख रूपियॉं जफत गरियो


कोलकाता, 09 जनवरी (हि.स.)। महानगर कोलकाताको स्ट्रेन्ड रोडबाट एकपल्ट फेरि भारी मात्रामा नगद जफत गरिएको छ। यस सम्बन्धमा तीन व्यक्तिलाई पक्राउ गरिएको छ। कोलकाता पुलिसको एण्टी रावडी स्क्वाड (एआरएस) ले सोमवार छापा मारेर संदिग्ध ब्याग जफत गरेको थियो। उक्त ब्यागबाट 500 रूपियॉको 43 लाख रूपियॉं भेटियो। केही 100 रूपियॉंको नोट पनि भेटिएको छ।

पुलिस अनुसार, 40/1 स्ट्रेन्ड रोडमा तीन जनालाई देखेपछि शंका उत्पन्न भयो र उनीहरूलाई पक्राउ गरियो। उनीहरूको झोलाबाट भारी मात्रामा नगद भेटियो। उनीहरूले यो रूपियॉं कहॉंबाट ल्याएको हो भन्ने बताएका छैनन्। उनीहरूसॅंग यस सम्बन्धमा वैध दस्तावेज पनि थिएन, जसपछि उनीहरूलाई पक्राउ गरियो। पुलिसले पक्रा पर्ने व्यक्तिहरूसॅंग सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande