किताममा बी डिभिजन मेन्स क्रिकेट टुनामेन्ट शुरू
किताममा बी डिभिजन मेन्स क्रिकेट टुनामेन्ट शुरू


नाम्ची, 12 मार्च (हि.स.)। नाम्ची जिल्लाअन्तर्गत किताममा आजदेखि बी डिभिजन मेन्स क्रिकेट टुनामेन्ट शुरू भएको छ। यस प्रतियोगिताको आयोजना सिक्किम क्रिकेट एसोसिएशनले गरेको हो।

आजको उद्घाटन कार्यक्रममा एसकेएम पार्टीका उपाध्यक्ष तिलक बस्नेत मुख्य अतिथि रहेका थिए। सिक्किमका 16 वटा दलले सहभागिता जनाएको यस प्रतियोगिताको फाइनल खेल आगामी 30 मार्चमा हुने बताइएको छ। यस प्रतियोगिताका खेलहरू किताम, पाङथाङ र क्योङ्साका खेल मैदानमा हुने छन्।

आजको खेलमा आइराइसिस क्रिकेट कल्बले राभाङला क्रिकेट कल्बलाई 95 रनले पराजित गऱ्यो। आजको कार्यक्रममा जिल्ला पञ्चायत सदस्य रेमिका तामाङ, ग्राम पञ्चायत अध्यक्ष दिपक भण्डारी, सिक्किम क्रिकेट एसियोसेसनका अध्यक्ष टीका सुब्बा आदिको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार/किशन


 rajesh pande