फुटबल विश्व कप 2026 मा चार टीमको 12 समूह सामेल हुनेछन्ः फीफा
फुटबल विश्व कप 2026 मा चार टीमको 12 समूह सामेल हुनेछन्ः फीफा


किगाली, 15 मार्च (हि.स.)। उत्तरी अमेरिकामा हुने फीफा पुरुष विश्व कप 2026 चार टीमको 12 समूहका साथ शुरू हुनेछ। फुटबलको विश्व शासी निकाय फीफाले तीन टीमको 16 समूहको मूल नियोजित प्रारूपमा परिवर्तन गरेको छ।

फीफाले एक आधिकारिक बयानमा भनेको छ, ‘संशोधित प्रारूप अन्तर्गत प्रतिस्पर्धी टीमहरूले टुर्नामेन्ट अवधि सन्तुलित विश्रामको निम्ति समय प्राप्त गर्नेछन् र सबै टीमहरूले कम्तिमा तीन म्याच खेल्न पाउने छन्।’

कतरमा हालैमा समाप्त भएको विश्व कपमा 32 टीमले भाग लिएको थियो, जसमा चार-चार टीमलाई कुल आठ ग्रुपमा विभाजित गरिएको थियो। 2026 मा 48 टीमले भाग लिनेछन्, जसको अर्थ 104 म्याच खेलिने छन्, जुन गत सालको टुर्नामेन्टको 64 म्याचहरूको तुलनामा एकदमै धेरै हो।

2026 विश्व कपको निम्ति् फीफाको मूल योजना, जुन संयुक्त राज्य अमेरिका, क्यानडा र म्याक्सिकोमा आयोजित गरिने छ, पहिला तीन टीमहरूको 16 समूहको निम्ति थियो। नयॉं तय गरिएको प्रारूपको अर्थ, प्रत्येक समूहमा शीर्ष दुई टीम, तेस्रो स्थानमा रहने आठ सर्वश्रेष्ठ टीमहरूका साथ नकआउट चरणमा जानेछन्। परिणामस्वरूप, फाइनलिस्ट, तेस्रो अनि चौथो स्थानमा रहने टीमहरूले सातको साटो कुल आठ म्याच खेल्ने छन्।

रवांडाको राजधानी किगालीमा फीफा परिषदको बैठकपछि मंगलवारको फसेलाको घोषणा गरियो, जसमा आगामी पुरुष विश्व कप फाइनल आइतवार, 19 जुलाई, 2026 मा खेलाइने छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande