नयाँ दिल्ली, 18 मार्च (हि.स.)। केन्द्र सरकारले भारतीय नवीकरणीय उर्जा विकास एजेन्सी (इरेडा) को आरम्भिक सार्वजनिक निर्गम (आईपीओ) लाई आफ्नो अनुमति दिएको छ। सरकारले यस निर्गम अन्तर्गत आफ्नो आंशिक हिस्सेदारी बेच्नेछ। यसका साथै पूंजी जुटाउनका लागि नयाँ इक्विटी शेयर पनि जारी गरिनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिलाहरूको मन्त्रीमण्डलीय समिति (सीसीईए) ले इरेडालाई सूचीबद्ध गर्ने अनुमति दिएको छ। आईपीओको माध्यमले सरकारको हिस्सेदारीको आंशिक बिक्री गरिनेछ। इरेडाको निम्ति पूंजी जुटाउनलाई ताजा इक्विटी शेयर पनि जारी गरिनेछ। मानिसहरूलाई यसमा निवेश गर्ने अवसर प्राप्त हुनेछ।
हिन्दुस्थान समाचार/भवानी