भोपाल, 21 मार्च (हि.स.)। वर्षौंदेखिको यो भनिँदै वा सुनिँदै आएको छ कि प्रत्येक वर्षको 21 मार्च अर्थात आज दिन र रात बराबर हुन्छ, तर यो साँचो होइन। आज पनि सूर्योदय ठीक पूर्व दिशाबाट हुनेछ भने सूर्यास्त ठीक पश्चिममा हुनेछ। यस खगोलीय घटनालाई इक्विनक्स भनिन्छ। आज भोपालमा सूर्योदय बिहान 6:24 बजे भयो भने सूर्यास्त साँझ 6:31 बजे हुनएछ। यसरी दिनको अवधि 12 घण्टा 7 मिनट हुनेछ भने रातको अवधि 11 घण्टा 53 मिनट हुनेछ।
राष्ट्रीय पुरस्कारद्वारा पुरस्कृत विज्ञान प्रसारक सारिका घारूले बताइन्, पृथ्वीले आफ्नो कक्षमा झुकेर सूर्यको परिक्रमा गरिरहने हुनाले वर्षमा दुई पटक इक्विनक्स आउँछ जसमध्ये पहिलो आज हो। पृथ्वीको भूमध्य रेखामाथि अवस्थित एक काल्पनिक रेखामा आज सूर्यको स्थिति आउँछ। आज पृथ्वीको धुरी न त सूर्य तर्फ झुकेको छ नत टाड़ा नै छ। यसै कारणले यो सूर्यका किरणहरूको लम्ब हो। आजको दिनमा सूर्योदय ठीक पूर्व दिशामा र सूर्यास्त ठीक पश्चिम दिशामा हुनेछ। सारिकाले बताइन्, सोशल मीडियाहरूमा आज दिन र रात बराबर हुने बताइएको छ, तर दिनको अवधि रातभन्दा लगभग 7 मिनट अधिक हुनेछ। दिन-रात बराबर हुने घटना केही दिनअघि नै भइसकेको छ।
उनले अझ बताइन्, यस्तै अर्को एउटा भ्रान्ति पनि हाम्रो समाजमा देखिन्छ कि आजको दिनमा अण्डा शिरमा अड़िन्छ जबकि अभ्यास गरेर सँधैभरि अण्डालाई शिरमा अड़ाउन सकिन्छ। मार्च इक्विनक्सको यो घटना 19, 20 र 21 मार्चमा हुन्छ। यस वर्ष 21 मार्चमा भइरहेको छ। गत वर्ष यो खगोलीय घटना 20 मार्चमा भएको थियो भने आगामी वर्ष 2024- मा पनि 20 मार्चमै यो घटना हुनेछ।
हिन्दुस्थान समाचार/उष्णता