नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


काठमाडौं, 24 मार्च (हि.स.)। नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ घोषणा भएको छ। सन् २०२१ को जनगणनाको रिपोर्ट आज शुक्रवार सार्वजनिक गर्दै उक्त घोषणा भएको हो।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनगणनाको नतिजा सार्वजनिक गरेका हुन्। जनगणनाको नतिजा अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेको छ भने महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ छन्। पुरुष ४८.९८ प्रतिशत रहँदा महिला ५१.०२ रहेको उल्लेख छ।

लैंगिक अनुपातमा १०० जना महिलामा ९५.५१ पुरुष छन्।

जनगणनामा अन्य लिङ्गीको जनसंख्या २ हजार ९ सय २८ रहेको छ।

हिन्दुस्थान समाचार/दीपेश


 rajesh pande