उत्तर कोरियाद्वारा पानीभित्र हमला गर्ने परमाणु ड्रोनको परीक्षण
उत्तर कोरियाद्वारा पानीभित्र हमला गर्ने परमाणु ड्रोनको परीक्षण


प्योङयाङ, 24 मार्च (हि.स.)। दक्षिण कोरिया र अमेरिकाको संयुक्त युद्धाभ्यासबीच उत्तर कोरियाले एकपल्ट फेरि उनीहरूलाई चुनौती दिएको छ। उत्तर कोरियाले पानीभित्र हमला गर्ने परमाणु ड्रोनको परीक्षण गरेको छ। साथै फाइरिङ ड्रिल गरेर चार क्रूज मिसाइल पनि छोडयो।

अहिले दक्षिण कोरिया र अमेरिकाको संयुक्त युद्धाभ्यास चलिरहेको छ। उत्तर कोरियाले यस युद्धाभ्यासको विरोध गरिरहेको छ। उत्तर कोरियाले लगातार संवेदनशील हतियारहरूको परीक्षण गरेर दुवै देशलाई चुनौती पनि दिइरहेको छ। यस क्रममा एकपल्ट फेरि उत्तर कोरियाले पानीभित्र हमला गर्ने परमाणु ड्रोनको परीक्षण गरेको छ।

यो ड्रोन यति खतरनाक छ कि यसको हमलाले पानीभित्र टी-सुनामी ल्याउन सक्छ। युद्धको समय दुश्मनको नौसेनालाई ध्वस्त गर्ने उद्देश्यले यसद्वारा हमला गर्न सकिन्छ। परीक्षण अवधि उत्तर कोरियाको ड्रोनले 59 घण्टाभन्दा धेर समयसम्म पानीभित्र भ्रमण गरेको थियो र शुक्रवार आफ्नो पूर्वी तटदेखि पानीमा विस्फोट गऱ्यो। अहिले उत्तर कोरियाले ड्रोनको परमाणु क्षमताहरूको बारेमा विस्तारले बताएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande