जगदलपुर/रायपुर, 25 मार्च (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले 84औं सीआरपीएफ दिवसको अवसरमा कर्तव्य पालन गर्ने क्रममा आफ्नो प्राणको आहुति दिने सीआरपीएफ जवानहरूलाई श्रद्धाञ्जलि दिए। यसपूर्व गृहमन्त्री शाहले परेडको सलामी लिए। शाहले शहीद जवानका परिवारहरूलाई सम्मान पनि जनाए।
केन्द्रिय रिजर्भ पुलिस बलले आफ्नो 84औं स्थापना दिवस शनिवार जगदलपुरस्थित करणपुर सीआरपीएफ हेडक्वार्टरमा पालन गऱ्यो। समारोहमा केन्द्रिय गृहमन्त्री अमित शाह मुख्य अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा नर्थ सेक्टर, मणिपुर, नागाल्याण्ड सेक्टर, कोबरा सेक्टर, साउथ सेक्टर, वेस्ट बंगाल सेक्टर, छत्तीसगढ़ सेक्टरका जवानहरूले परेड प्रदर्शन गरे भने परेडको सलामी गृहमन्त्री अमित शाहले लिए। समारोहमा शहीद जवानहरूका पत्नीहरूलाई वीरता पुरस्कारद्वारा सम्मानित गरियो।
गए राती गृहमन्त्री शाहले 201 कोबरा बटालियन क्याम्प करणपुरमा सीआरपीएफका डीजी, आईजीसित हाई लेवल बैठक पनि गरे जसमा नक्सल समस्यालाई लिएर गहन चर्चा गरियो। बैठकपछि शाहले सीआरपीएफ जवानहरूसित रात्रिभोजन गरेर क्याम्पमै रात्रिविश्राम पनि गरे। देशकै सबभन्दा ठूलो केन्द्रिय सशस्त्र पुलिस बल सीआरपीएफले गत वर्ष जम्मूमा आफ्नो 83औं स्थापना दिवस पालन गरेको थियो भने यसपालि छत्तीसगढ़को जगदलपुरस्थित करणपुरमा पहिलो पटक आफ्नो स्थापना दिवस पालन गरिरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता