नयाँ दिल्ली, 25 मार्च (हि.स.)। केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले भने, प्रोजेक्ट चीता पर्यावरण संरक्षण औ वन्य जीवन संरक्षणको दिशामा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरूप छ। यसबाट ईको-विकास र ईको-टूरिज्म गतिविधिहरूको माध्यमबाट स्थानीय समुदायहरूको लागि आजीविकाको अवसर बढ़्ने दाबी गर्दै उनले भने, सरकार सबै हितधारकहरूको सक्रिय सहभागितासितै वन्य जीव एवं पर्यावरण संरक्षणको लागि प्रतिबद्ध छ।
शुक्रवार आयोजित एक बैठकमा सल्लाहकार समितिले परियोजना चीताको बारेमा विस्तृत चर्चा गऱ्यो। यस अवधि अफ्रिकी देशहरूबाट भारतमा चितुवाहरूको सफल स्थानान्तरणको लागि सरकारका प्रयासहरूको सराहना गरियो। बैठकमा संसद सदस्यहरूले आ-आफ्ना निर्वाचन क्षेत्रहरूमा वन औ वन्य जीवनसित सम्बन्धित मुद्दा र समाज तथा वन्यजीव संरक्षणका मुद्दाहरू उठाए। यादवले समितिका सदस्यहरूलाई सुझाउको लागि धन्यवाद दिँदै सबै मुद्दाहरूलाई सही ढंगमा सम्बोधन गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार/उष्णता