ग्रीन फिल्ड एयरपोर्टको संयुक्त निरीक्षण भ्रमण
ग्रीन फिल्ड एयरपोर्टको संयुक्त निरीक्षण भ्रमण


पाकिम, 25 मार्च (हि.स.)। पाकिम जिल्लाका जिल्लापालको निर्देशनमा पाकिमस्थित ग्रीन फिल्ड एयरपोर्टको संयुक्त निरीक्षण भ्रमण सम्पन्न गरियो। एसडीएम- मुख्यालयको अगुवाईमा गरिएको निरीक्षण भ्रमण अवधि पाकिम जिल्ला प्रशासनका अधिकारीहरू, एयरपोर्ट प्राधिकरणका अधिकारीहरू, जूमथाङ वार्डका पञ्चायत र स्थानीय मानिसहरू उपस्थित थिए।।

संयुक्त निरीक्षण भ्रमणको उद्देश्य गए राति परेको भारी वर्षापछि एयरपोर्टको भित्ताबाट निक्लिएको पानीले पुऱ्याएको क्षतिको आकलन गर्नु रहेको थियो। निरीक्षणपछि थप क्षति हुनबाट जोगाउन एयरपोर्ट अथोरिटीलाई सुरक्षात्मक उपायहरू अपनाउन निर्देशन जारी गरिएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande