खरसाङ बार एसोसिएशनको वार्षिक साधारण सभा सम्पन्न
खरसाङ बार एसोसिएशनको वार्षिक साधारण सभा सम्पन्न


खरसाङ, 25 मार्च (हि.स.)। खरसाङ बार एसोसिएशनको वार्षिक साधारण सभा खरसाङको एक होटलमा सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभा खरसाङ बार एसोसिएशनका उप सभापति सपना राईको अध्यक्षतामा सम्पन्न भयो।

सभामा विगत तीन चार वर्षको लेखा जोखा सम्बन्धित रिपोर्ट खरसाङ बार एसोसिएशनका सचिव रमेश अग्रवालले राखेका थिए। यसावधि उनले विगत तीन चार वर्षमा खरसाङ बार एसोसिएशनका कार्यहरू र उपलब्धिहरूमाथि विस्तृत रुपमा जानकारी गराए। उनले विशेष गरी आफुहरूले 2018 मा नयाँ कमिटी गठन भएर जिम्मेवारी लिएपछि विभिन्न कार्यहरू गर्दै आएको र कोभिडको कारणले सभा गर्न नपाएका बताउ।

उनले भने, खरसाङ कोर्टमा सिनियर डिभिजन सिभिल कोर्ट थिएन, जुन हाम्रो पालोमा ल्याउन सफल भयौं। खरसाङ क्षेत्रका प्रायः मामिलाहरू सिलगढी स्थानान्तरित गरिन्थ्यो, जसलाई हामीले खरसाङमा नै ल्याउन सफल भयौं।

बार एसोसिएशनको वार्षिक साधारण सभामा उप सभापति सपना राई, सह सचिव हेनतेन लामा, सह कोषाध्यक्ष पवन थापा, कार्यकारी सदस्यहरू प्रमोद थापा, सञ्जय गोयल, कृष्ण छेत्री र वरिष्ठ सदस्या आशा मुखिया लामा लगायत अन्यहरू उपस्थित रहेको जानकारी सचिव रमेश अग्रवालले दिए।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande