'मन की बात' मा प्रधानमन्त्रीले पश्चिम बंगालका मछुवाराहरूको समस्या सुन्नेछन्
'मन की बात' मा प्रधानमन्त्रीले पश्चिम बंगालका मछुवाराहरूको समस्या सुन्नेछन्


कोलकाता, 25 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 26 मार्च आइतवार बिहान साढ़े नौ बजेदेखि शुरू हुने 100औं 'मन की बात' कार्यक्रममा पश्चिम बंगालका मछुवाराहरूका विभिन्न समस्याहरूलाई सुनिरहेका छन्।

प्रधानमन्त्री कार्यालय अनुसार प्रधानमन्त्रीले पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लाको तटीय शहर दीघाका मछुवाराहरूसित बातचित गर्नेछन्। यो समाचार सुनेपछि दीघाका मछुवारा लगायत स्थानीय भाजपा नेता अनि कार्यकर्ताहरू 'मन की बात' कार्यक्रमलाई लिएर उत्साहित भएका छन्।

यस सिलसिलामा कांथी सांगठनिक जिल्ला भाजपा उपाध्यक्ष असीम मिश्राले भने, हामीलाई गर्व छ कि प्रधानमन्त्रीले 'मन की बात' कार्यक्रम अवधि पश्चिम बंगालको तटीय शहर दीघाका मछुवाराहरूलाई सुन्नेछन्। प्रधानमन्त्रीले मछुवाराहरूसित भर्चुअली वार्ता गर्नेछन्।

उल्लेखनीय छ कि 'मन की बात' कार्यक्रममा प्रधानमन्त्रीले मुख्य रूपमा देश औ समाज विकासलाई लिएर देशवासीहरूको मत सुन्नका साथै राष्ट्रको सर्वाङ्गीण उन्नतिको लागि सरकारद्वारा गरिएका प्रयासहरूमाथि चर्चा गर्ने गर्दछन्। यस अतिरिक्त प्रधानमन्त्रीले जनसमस्या अनि त्यसको निवारणका उपायहरूमाथि आफ्नो कुरा राख्दछन्। यो कार्यक्रम प्रारम्भदेखि नै लोकप्रिय हुँदै आएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande