काठमाडौं, 25 मार्च (हि.स.)। नेपालको पूर्वी प्रान्त कोशी प्रदेशमा अशान्तिको खतरा बढेको छ। कोशी प्रदेश नामाकरणको विरोधमा २० मार्चमा विराटनगरमा भएको प्रदर्शनका क्रममा घाइते एकजनाको मृत्यु भएपछि अशान्तिको खतरा बढेको हो।
घटनामा प्रदर्शनकारी पदमबहादुर लिम्बू घाइते भई उपचाररत रहँदा शुक्रवार मृत्यु भएको हो। त्यसपछि सरकारले कोशी प्रदेशको राजधानी विराटनगरका अलावा मुख्य शहरहरु धरान, दमकलगायत ठाउँमा सुरक्षा कडा पारेको छ।
घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गम्भीर भएका छन्। उनकै निर्देशनमा गृह मन्त्रालयले समिति गठन गरी २० मार्चमा भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपको घटनाबारे छानविन बढाउने गरी समिति गठन गरिने सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
शर्माका अनुसार सरकारले असन्तुष्ट पक्षसँग संवादको पहल थालिसकेको छ। तर, जातीय मुद्दा उठाउँदै आएको असन्तुष्ट समूहले कोशी प्रदेश नभई विभिन्न जातीय नामहरु राख्नुपर्ने शर्त सारेको छ। नेपालमा सात प्रदेशमध्ये कोशी प्रदेशको नाम सबैभन्दा पछि यही वर्षको मार्चमा मात्र नामाकरण भएको हो।
हिन्दुस्थान समाचार/दीपेश