प्रधानमन्त्रीद्वारा श्री मधुसूदन साई इन्स्टिट्यूट अफ् मेडिकल साइन्सेजको उद्घाटन
प्रधानमन्त्रीद्वारा श्री मधुसूदन साई इन्स्टिट्यूट अफ् मेडिकल साइन्सेजको उद्घाटन


चिक्कबल्लापुर/नयाँ दिल्ली, 25 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार कर्नाटकको चिक्कबल्लापुरमा स्थापित श्री मधुसूदन साई इन्स्टिट्यूट अफ् मेडिकल साइन्सेज एण्ड रिसर्च (एसएमएसआईएमएसआर)-को उद्घाटन गरे। यस अवसरमा कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मई सहित अनेक गणमान्य व्यक्तित्वहरू उपस्थित थिए।

यो संस्था श्री सत्य साई यूनिभर्सिटी फर ह्यूमन एक्सिलेन्सद्वारा चिक्कबल्लापुरको मुद्देनहल्लीस्थित सत्य साई ग्राममा स्थापित गरिएको छ। ग्रामीण क्षेत्रमा स्थापित उक्त संस्थानले पूर्णरूपले निशुल्क चिकित्सा शिक्षा एवं गुणस्तरीय चिकित्सा हेरचाहको सुविधा प्रदान गर्नएछ। संस्थानले शैक्षणिक वर्ष 2023-देखि आफ्नो कामकाज शुरू गर्नेछ।

यसपूर्व प्रधानमन्त्रीले चिक्कबल्लापुरमा महान अभियन्ता एवं राजनयिक सर एम विश्वेश्वरैयाको समाधिमा पुगेर उनलाई पुष्पाञ्जलि अर्पण गरे।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande