कंग्रेसले राजनीति गरिरहेको छ, स्टे किन लिइएन- भाजपा
कंग्रेसले राजनीति गरिरहेको छ, स्टे किन लिइएन- भाजपा


नयाँ दिल्ली, 25 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले कंग्रेस तथा राहुल गान्धीमाथि उनको लोकसभा सदस्यता रद्द भएको मुद्दामा राजनीति गरिरहेको आरोप लगाएको छ। पार्टीको भनाइ छ, ठूल्ठूला उकिलहरू हुँदाहुँदै पनि राहुल गान्धीको मामिलामा दोष सिद्धिमाथि रोक लगाउन पार्टी अदालत किन गएन?

कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले शनिवार पत्रकार वार्तामा भनेका छन् कि उनको सदस्यताको मुद्दा अडाणी मुद्दादेखि ध्यान अर्कोतिर मोड़्नको लागि सृजित गरिएको हो। राहुल गान्धीको उपरोक्त आरोपविरूद्ध भाजपाका वरिष्ठ नेता रविशंकर प्रसादले पत्रकार वार्तामा भने, राहुल गान्धीले लगातार झूट बोलिरहेका छन्। सूरत अदालतले आफ्नो न्यायिक प्रक्रिया अन्तर्गत उनलाई सजाय सुनाएको छ। यस सजायमाथि उनको पार्टी वा उनले चाहेको भए स्टे लगाउन सक्थे, तर यस्तो गरिएन। यसैले गर्दा प्रक्रिया अन्तर्गत उनको लोकसभा सदस्यता रद्द गरियो।

भाजपा नेता रविशंकर प्रसादले कंग्रेस नेता पवन खेड़ाको उदाहरण दिँदै भने, उनलाई बँचाउनको लागि एक घण्टाभित्रै सुप्रीम कोर्टबाट स्टे लिइएको थियो। तर राहुल गान्धीको मामिलामा पार्टीले यस्तो गरेन। यसबाट स्पष्ट हुन्छ कि आगामी कर्नाटक चुनाउलाई मध्यनजर गर्दै पार्टीले यस मुद्दालाई फैलाएर फाइदा उठाउने चेष्टा गरिरहेको छ।

रविशंकर प्रसादले भने, आलोचनाको अर्थ गाली गर्नु होइन। राहुल गान्धीले एउटा ‘सरनेम’- लाई अपमान गरेका छन्। सदस्यता रद्द हुने राहुल गान्धी मात्र एक्लो होइन। यसअघि पनि धेरैजना जनप्रतिनिधिहरूको सदस्यता रद्द भइसकेको छ। त्यसमा सबै पार्टीका नेताहरू छन्, भाजपाकै नेताहरूको पनि सदस्यता रद्द भएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande