गान्तोक, 25 मार्च (हि.स.)। देशसॅंगै सिक्किममा पनि कोरोना संक्रमणको मामिला बढ्न थालेको छ। शनिवार राज्यमा कोरोनाको दुईवटा नयॉं मामिला अघि आयो। यसका साथै कोरोनाको सक्रिय मामिलाको संख्या बढ़ेर 9 पुगेको छ।
राज्य स्वास्थ्य विभाग अनुसार, हिजो 29 जनाको नमूना जॉंच गरिएको थियो भने दुई जनामा संक्रमण पुष्टि भयो। उक्त दुईवटा नयॉं मामिला एउटा गान्तोक र एउटा पाकिम जिल्लाबाट रहेका छन्।
राज्यको दैनिक संक्रमण दर 6.8 प्रतिशत रेकर्ड गरियो। राज्यमा कोरोना संक्रमित मानिसहरूको कूल संख्या 44 हजार 338 पुगेका छन् भने अहिलेसम्म 43 हजार 45 जना निको भइसकेका छन्।
हिन्दुस्थान समाचार/बिशाल