छ वर्षका उपलब्धिहरूको महोत्सव मनाइरहेको छ योगी सरकार
छ वर्षका उपलब्धिहरूको महोत्सव मनाइरहेको छ योगी सरकार


लखनऊ, 25 मार्च (हि.स.)। उत्तर प्रदेशको योगी सरकारले आफ्ना छः वर्षका उपलब्धिहरूको महोत्सव मनाइरहेको छ। दोस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री योगी आदित्यनाथले लोकभवनमा सरकारका उपलब्धिहरूको बखान गरे। प्रदेश सरकारका अन्य मन्त्रीहरूले आ-आफ्नो प्रभारका जिल्लाहरूमा गएर सरकारका उपलब्धिहरूमाथि प्रेसवार्ता गरिरहेका छन्।

लोकभवनमा आयोजित प्रेसवार्तामा सर्वप्रथम मुख्यमन्त्री योगीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार प्रकट गरे। यसबाहेक उनले सबै केन्द्रिय मन्त्री, पदाधिकारीगण, मन्त्री परिषद्का सबै सदस्यगण अनि प्रदेश संगठनका सदस्यहरूप्रति आभार व्यक्त गरे। प्रदेशको हर उपलब्धिलाई सकारात्मक रूपले देश-दुनियाँमा प्रसारित गरिदिएकोमा मुख्यमन्त्रीले मीडियाप्रति पनि आभार व्यक्त गरे।

प्रेसवार्तालाई सम्बोधन गर्दै योगीले भने, उत्तर प्रदेशमा जाति, धर्म, परिवारलाई लिएर जुन प्रकारको राजनीति हुन्थ्यो त्यसबाट माथि उक्लेर सबैको विकासको निम्ति विगत छः वर्षमा धेरै काम भएको छ। यो त्यै उप्र हो जसलाई दंगाको लागि चिनिन्थ्यो। आज एक करोड़भन्दा अधिक निराश्रित महिला, वृद्धजनले पेन्शन पाइरहेका छन्। सवा दुई लाख छोरीहरूको विवाह भयो। एमएसएमई र ओडीओपीले दुनियाँलाई हल्लाइरहेको छ। प्रदेशको कुनै पनि जिल्ला यस्तो छैन जहाँ सरकारी नोकरी नपाइरहेको अवस्था होस्।

योगी आदित्यनाथले भने, कोरोना कालमा पनि ओडीओपीको माध्यमबाट रोगजार प्राप्त भयो। भर्तीहरूमा पारदर्शिता अप्नाइएको छ। उत्तर प्रदेश पुलिस बलमा महिला कर्मीहरूको संख्या बढ़ेको छ। प्रशासनमा स्थायित्व छ। पहिला-पहिला अधिकारीहरूलाई तासको पत्ता जस्तै फालिन्थ्यो। आज पूर्वाधार बलियो भएको छ। प्रयागराज गुम्भभन्दा अगाड़ि नै गंगा एक्सप्रेस वे निर्माण हुने दाबी पनि मुख्यमन्त्रीले गरे।

उक्त प्रेसवार्तामा मुख्यमन्त्री सहित केन्द्रिय मंन्त्री कौशल किशोर, भाजपाका प्रदेश अध्यक्ष भूपेन्द्र चौधरी, प्रदेश संगठन मन्त्री धर्मपाल सिंह, उपमुख्यमन्त्री केशव प्रसाद मौर्य, उपमुख्यमन्त्री ब्रजेश पाठक औ सुरेश खन्नाको विशेष उपस्थिति थियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande