तस्करले सुन निलेको थियो, मुम्बईको अस्पतालमा आपरेशन गरी सुनको 8 टुक्रा निकालियो
तस्करले सुन निलेको थियो, मुम्बईको अस्पतालमा आपरेशन गरी सुनको 8 टुक्रा निकालियो


मुम्बई, 13 मई (हि.स.)। मुम्बईको जेजे अस्पतालमा एक तस्करको भुँड़ीको अपरेशन गरी 250 ग्राम सुनको 8 टुक्रा निकालियो। भुँड़ीबाट निकालिएको सुनका टुक्राहरूलाई सीमा शुल्क विभागले जफ्त गरी तस्कर इंतिजार अलीविरूद्ध मामिला दर्ता गरेको छ। हाल उसको उपचार जेजे अस्पतालमा सीमा शुल्क विभागको टीमको निगरानीमा भइरहेको छ।

सूत्रले बताए, सीमा शुल्क विभागको टीमले गए 08 मईको दिन मुम्बई एयरपोर्टमा इंतिजार अली (30 वर्ष)-लाई जाँच गर्नको लागि रोक्दा उसले सुनको आठ टुक्रा निलेको थियो। त्यसपछि उसलाई हिरासतमा लिएर जाँचबुझ गरिँदैथ्यो। यसबीच उसको स्वास्थ्य बिग्रिएपछि टीमले आरोपीलाई जेजे अस्पतालमा भर्ती गराएको थियो। अस्पतालमा उसको भुँड़ीको एक्स-रे गरेपछि थाहा लाग्यो कि उसले सुन निलेको छ जुन उसको सानो भुँड़ीमा अड़किएको छ।

चिकित्सकहरूले आरोपीलाई अपरेशन गर्ने सल्लाह दिँदा पनि उसले अपरेशन गर्न अस्वीकार गरेको कारणले चिकित्सकहरूले उसलाई दुई दिनसम्म औषधि खुवाए साथै प्रतिदिन तीन लीटर पानी र एक दर्जन केरा खुवाए। यस क्रममा आरोपीलाई तीव्र पीड़ा हुन थालेपछि उ अपरेशन गर्न तयार भयो।

डा. अजय भण्डारकरको नेतृत्वमा आरोपीको पेटको अपरेशन गरियो र पेटबाट सुनको आठ टुक्रा निकालियो। डा. भण्डारकरले बताए, अहिलेघरि आरोपीको स्वास्थ्यमा सुधार आइरहेको छ। स्वस्थ हुनसाथ उसलाई सीमा शुल्क विभागकहाँ सुम्पिइनेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande