नयॉं दिल्ली, 01 जून (हि.स.)। सार्वजनिक क्षेत्रको तेल एवं ग्यास विपणन कम्पनीहरूले महिनाको पहिलो दिन कमर्शियल ग्यास उपभोक्तालाई ठूलो राहत दिएको छ। तेल कम्पनीहरूले कमर्शियल सिलेन्डरको दाममा 83.50 रूपियॉंसम्म कटौती गरेको छ। गत महिना कमर्शियल सिलेन्डर लगभग 172 रूपियॉं सस्तो भएको थियो। नयॉं दर एक जून, बिहिवारदेखि लागू भएको छ।
इण्डियन ओएलको वेबसाइट अनुसार, दिल्लीमा 19 किलोको कमर्शियल ग्यास सिलेन्डरको दाम 1856.50 रूपियॉंदेखि घटेर 1773 रूपियॉं भएको छ। कोलकातामा 1960.50 रूपियॉंको तुलनामा 1875.50 रूपियॉंमा पाइने छ।
यसरी नै मुम्बईमा 1808.50 रूपियॉंको तुलनामा 1725 रूपियॉं र चेन्नईमा 2021.50 रूपियॉंको तुलनामा 1937 रूपियॉंमा पाइने छ। यद्यपि, घरेलू ग्यासको दाममा कुनै परिवर्तन गरिएको छैन।
हिन्दुस्थान समाचार/भवानी