भुवनेश्वर/ कोलकाता, 3 जून (हि.स.)। ओडिशाको बालासोर नजिक तीनवटा रेलहरू आपस्तमा ठोक्किएर ठूलो संख्यामा भएको ज्यानहानीलाई लिएर राजनीति पनि तीव्र भएको छ। दुर्घटनास्थलमा पुगेकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले रेल मन्त्री अश्विनी वैष्णव समक्ष रेलवेको सुरक्षालाई लिएर प्रश्न तेर्साइन्। उनले एन्टी कलिजन सिस्टमको उल्लेख गर्दै भनिन्, यदि यी ट्रेनहरूमा एन्टी कलिजन सिस्टम जड़ान गरिएको भए सायद यो दुर्घटना हुँदैनथ्यो।
ममताले भनिन्, उनी रेल मन्त्री छँदा उनले मडगाउँमा गएर एन्टी कलिजन सिस्टम बारे बुझाएकी थिइन् र यो सिस्टम ट्रेनहरूमा जड़ान पनि गराएकी थिइन्। त्यसपछि रेल दुर्घटनाहरूमा कमी आएको थियो। यो एउटा यस्तो सिस्टम हो जसमा दुईवटा ट्रेनहरू कुनै कारणवश आमने-सामने भए स्वतः रोकिन्छ। ममताले भनिन्, यो 21औं शताब्दिको सबैभन्दा ठूलो दुर्घटना हो, किनभने यसपूर्व सन् 1981-सालमा यस्तै भीषण दुर्घटना बिहारमा भएको थियो। रेलमन्त्रीतिर हेर्दै ममताले भनिन्, एन्टी कलिजन सिस्टम जड़ान गरिएको हुन्थ्यो भने आज यतिधेरै संख्यामा मानिसहरूको ज्यान जाँदैनथ्यो। रेलमन्त्रीले ममताका कुराहरू सुनिरहे भद्रता दर्शाउँदै उनले कुनै जवाफ दिएनन्।
तर ममता ब्यनर्जीको उक्त बयानलाई लिएर भाजपाले भने प्रश्न उठाएको छ। बंगाल भाजपाका नेता राहुल सिन्हाले भने, लाशहरूमाथि राजनीति गर्नु ममता ब्यनर्जीको आदतै हो। बंगालमा उनले जताततै फोहोर फैलाएकी छन्। आज ओडिशामा ठूलो संख्यामा मानिसहरूको ज्यान गएको छ, अनगन्ती परिवार दुःखमा छन्, प्रभावितहरू रोइरहेका छन्, विरह गाइरहेका छन्। यस्तो अवस्थामा पनि उनले भ्रम फैलाइरहेकी छन्। उनले आधारहीन कुराहरू गरिरहेकी छन्।
सिन्हाले भने, एकजना श्रेष्ठ राजनेताको रूपमा उनले त्यहाँ राहत औ बचाउमा सहयोग गर्नुपर्थ्यो कि यस्ता कुराहरू गरेर चिजहरूलाई गलत ढंगमा प्रस्तुत गर्ने कोशिश गर्नुपर्थ्यो। जबसम्म जाँच हुँदैन तबसम्म दुर्घटना कसरी भयो, के कारणले भयो केही पनि स्पष्ट हुँदैन। यस्तो स्थितिमा नबुझी आधारहीन कुराहरू गरेर उनले लाशहरूमाथि राजनीति गर्ने आफ्नो पुरानो आदतलाई दोहोऱ्याइरहेकी छन्।
ममताका पूर्व सहयोगीले पनि प्रश्न उठाए
ममता ब्यनर्जीको बयानलाई लिएर उनका पूर्व सहयोगी पूर्व रेलमन्त्री दिनेश त्रिवेदीले पनि प्रश्न उठाए। उनले भने, एन्टी कलिजन सिस्टमले त्यो बेलामा मात्र गर्छ जतिबेला एउटै पटरीमा दुईवटा ट्रेनहरू आमने-सामे हुन्छ। ओडिशाको मामिलामा त एउटा ट्रेन लीकदेखि बाहिर झरेर डब्बाहरू वरपरका लीकहरूमा छरिएका छन्। स्पष्ट छ कि डब्बाहरू झरेर नजिकको रेलगाड़ीसित ठोक्किन पुगे तथा त्यै बेला नजिकैबाट गुज्रिरहेको अर्को ट्रेन पनि यसको चपेटमा परेको छ। यस अवस्थामा एन्टी कलिजन सिस्टमले त्यस्तो प्रभावकारी काम गर्दैन।
हिन्दुस्थान समाचार/ उष्णता