तीन छोरी र एक छोरालाई अन्नको ड्रमभित्र थुनेर आमा चाहिँ गलफन्दामा झुण्डिई, पाँचैको मृत्यु
तीन छोरी र एक छोरालाई अन्नको ड्रमभित्र थुनेर आमा चाहिँ गलफन्दामा झुण्डिई, पाँचैको मृत्यु


बाड़मेर, 04 जून (हि.स.)। मण्डली थानेको बानियावास गाउँमा एक महिलाले आफ्ना चारजना सन्तानहरूको हत्या गरेपछि आफूले चाहिँ फाँसी लगाएर आत्महत्या गरिन्। महिलाले पहिला चारैजना नानीहरूलाई अन्नको ड्रमभित्र थुनेर तिनीहरूको ज्यान लिइन्। घटनाको जानकारी पाउनसाथ दलबल सहित घटनास्थलमा पुगेका पुलिस अधिकारीले पाँचैवटा शवलाई अस्पतालमा पुऱ्याउने व्यवस्था गरे। हत्या औ आत्महत्या गर्ने महिला गर्भवती थिइन्।

पुलिसले बताए अनुसार मण्डली थानेको बानियावास गाउँकी निवासी उर्मिला (27)-ले गए शनिवार आफ्ना चारैजना नानीहरू क्रमैले भावना (8), विक्रम (5), विमला (3) र मनीषा (2)-लाई अन्नको ड्रमभित्र हालेर ढकनी बन्द गरिदिइन्। त्यसपछि आफूले चाहिँ फाँसी लगाएर आत्महत्या गरिन्। घटना अवधि उसको पति जेठाराम काम गर्न बालेसर (जोधपुर) गएका थिए। साँझको समय घरमा आमा-नानीहरू कोही पनि नदेखिएपछि आफन्तहरूले घरमा गएर हेरे। महिला फाँसीको फन्दामा झुण्डिरहेकी थी। नानीहरूलाई खोज्दा ड्रमभित्र खाँदिएको पाइयो। त्यसपछि आफन्त र छिमेकीहरूले पुलिसलाई सूचित गरे।

मण्डली थानाधिकारी कमलेश मुताविक प्रारम्भिक जाँचमा आमाले नानीहरूको हत्या गरी आत्महत्या गरेको मामिला अघि आएको छ। जाँचमा यो पनि थाहा लागेको छ कि पति-पत्नीबीच केही समयदेखि झगड़ा भइरहेको थियो। नानीहरूको मृत्यु निस्सासिएको कारणले भएको जाँचमा पत्तो लागेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande