महान अमेरिकी धावक एवं डबल ओलम्पिक च्याम्पियन जिम हाइन्सको निधन
महान अमेरिकी धावक एवं डबल ओलम्पिक च्याम्पियन जिम हाइन्सको निधन


नयॉं दिल्ली, 06 जून (हि.स.)। अमेरिकी डबल ओलम्पिक च्याम्पियन जिम हाइन्सको 76 वर्षको आयुमा निधन भएको छ। उनी 1968 मा 10 सेकेण्डभन्दा कम समयमा 100 मिटर दौड लगाउने पहिलो एथलीट बनेका थिए। विश्व एथलेटिक्सले सोमवार उक्त जानकारी दिएको छ।

म्याक्सिको सिटीमा 1968 को ओलम्पिक खेलहरूमा हाइन्सले 9.95 सेकेण्डमा विश्व रेकर्ड बनाउॅंदै 100 मिटरमा स्वर्ण पदक जितेका थिए। यो रेकर्ड 15 सालसम्म चल्यो भने केल्विन स्मिथले (9.93 सेकेण्ड) उक्त रेकर्ड तोड़ेको थियो।

एथलेटिक्सबाट रिटायर भएपछि उनले मियामी डल्फिन र केनसस सिटी चीफ्सका साथ नेशनल फुटबल लीगमा पनि खेलाड़ीको रूपमा भाग लिए।

विश्व एथलेक्टिसले एउटा बयानमा भनेको छ, ‘महान अमेरिकी धावक जिम हाइन्सको शनिवार निधन भयो। उनको निधनको खबरले विश्व एथलेटिक्स दुखित बनेको छ।’

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande