नेपालका पूर्व सभामुख सुवास नेम्वाङको हत्या प्रयासको दाबी
नेपालका पूर्व सभामुख सुवास नेम्वाङको हत्या प्रयासको दाबी


काठमांडू, 09 जून (हि.स.)। नेपालका पूर्व सभामुख सुवास नेम्वाङको हत्या प्रयास भएको दाबी गर्दै संसदमा विरोध भएको छ। आज शुक्रवार सीपीएन यूएमएलका सांसद योगेश भट्टराईले संसदमा बोल्दै नेम्वाङलाई एम्बुस थापेर हत्या गर्न खोजिएको दाबी गरे ।

नेम्वाङ कोशी प्रदेशको कार्यक्रममा जाँदा एम्बुस थापिएको भट्टराईले बताए । भट्टराईले भने, यूएमएल संसदीय दलका उपनेता सुवास नेम्वाङको हत्याको प्रयास भएको थियो ।

पछिल्लो समय कोशी प्रदेश राखिएपछि विरोधहरु भइरहेको छ । कोशीमा विभिन्न जातीय मोर्चाहरुले विरोध कार्यक्रम गर्दै आएका छन् । उनीहरुले मुख्य दलका नेताहरुको कार्यक्रममा पनि अवरोध गरेका छन् ।

कोशी प्रदेशमा यूएमएल अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा पनि मई मा विरोध भएको थियो । ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका पक्षधरमाथि विरोध र आक्रमणको प्रयासको आरोप लगाएका थिए ।

नेपालको कोशी प्रदेशमा यूएमएलका अध्यक्ष ओली, उपाध्यक्ष नेम्वाङलगायत शक्तिशाली नेताहरु चुनाव जितेर आएका छन् । त्यहाँ उनीहरुविरुद्ध गतिविधि बढेको छ ।

हिन्दुस्थान समाचार/ दीपेश


 rajesh pande