बंगाईगाउँ, 09 जून (हि.स.)। केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को 156औं वाहिनीद्वारा आज 135औं इन्फेन्ट्री टेरिटोरियल आर्मीको साथ मिलेर रूनीखात फरेस्ट रेञ्जको फुलबारी-2 मा मेगा प्लान्टेशनको आयोजन गरियो। जसमा आर्मीका जवानहरूका साथै सीआरपीएफका सयभन्दा धेरै जवानहरूले भाग लिए तथा 10 हजारभन्दा धेरै बिरूवाहरू रोपियो।
यस अवसरमा 156औं वाहिनीका कमान्डेन्ट ओम प्रकाश टोकसले पर्यावरणको रक्षाको निम्ति गरिएको यस मेगा प्लान्टेशन अभियानको निम्ति जवानहरूको मनोबल बढ़ाए तथा वृक्षारोपणको महत्वबारे बताए। यस अभियानलाई सफल तुल्याउनका लागि लेफ्टिनेन्ट कर्नल तुषार, लेफ्टिनेन्ट कर्नल आर्थर, उप कमान्डेन्ट रजनीश पाठक, सह कमान्डेन्ट भरत भोईको महत्वपूर्ण योगदान रह्यो।
हिन्दुस्थान समाचार/बिशाल