स्टेट ब्याङ्कले वित्त वर्ष 2023-24 मा बन्डको माध्यमले 50 हजार करोड़ रूपियाँ जुटाउने
स्टेट ब्याङ्कले वित्त वर्ष 2023-24 मा बन्डको माध्यमले 50 हजार करोड़ रूपियाँ जुटाउने


मुम्बई, 09 जून (हि.स.)। सार्वजनिक क्षेत्रको सबैभन्दा ठूलो स्टेट ब्याङ्क अफ इण्डिया (एसबीआई) ले वित्त वर्ष 2023-24 मा बन्डको माध्यमले भारतीय र विदेशी बजारहरूबाट 50 हजार करोड़ रूपियाँ जुटाउनेछ। ब्याङ्कहरूको केन्द्रिय निदेशक मण्डलले यसलाई अनुमति दिएको छ।

स्टेट ब्याङ्कले शुक्रवार शेयर बजारलाई दिएको सूचनामा भनेको छ, चालू वित्त वर्ष 2023-24 मा ब्याङ्कले बण्डको माध्यमले भारतयी र विदेशी बजारहरूबाट 50 हजार करोड़ रूपियाँ जुटनाउनेछ। यस सम्बन्धमा ब्याङ्कको केन्द्रिय निदेशक मण्डलले अनुमति दिएको छ। निदेशक मण्डलले बन्ड जारी गरी रूपियाँ वा अन्य कुनै परिवर्तनीय मुद्रामा धन जुटाउने अनुमति दिएको छ।

उल्लेख्य, स्टेट ब्याङ्कको गत वित्त वर्ष 2022-23 को (जनवरी-मार्च) र चौथो तिमाहीमा एकीकृत शुद्ध लाभ लगभग 90 प्रतिशतको वृद्धिको साथ 18,094 करोड़ रूपियाँ रहेको थियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande