सिलगढ़ी नगर निगमले भत्कायो फ्ल्याटको अवैध निर्माण
सिलगढ़ी नगर निगमले भत्कायो फ्ल्याटको अवैध निर्माण


सिलगढ़ी, 09 जून (हि.स.)। शक्तिगढ़ क्षेत्रमा फ्ल्य़ाटका केही अवैध निर्माणलाई शुक्रवार सिलगढ़ी नगर निगमले भत्काएको छ। जसमा फ्ल्याटको ग्राउण्ड फ्लोरमा बनेको गराज र पहिलो तलाका केही हिस्साहरू सामेल छन्। प्रमोटरले फ्ल्याटका केही हिस्साहरूको निर्माण 2016 मा अवैध तरीकाले गरेको आरोप छ।

केही दिनअघि एक स्थानीय व्यक्ति विमान रोयले मेयर के बोलो कार्यक्रममा यसको शिकायत गरेको थियो। जसपछि सिलगढ़ी नगर निगमका मेयर गौतम देवले निगमलाई यसको जाँचको आदेश दिए। जसमा अवैध निर्माणको पुष्टि भयो। जसपछि निगमले फ्ल्याट प्रमोटरलाई अवैध निर्माणलाई भत्काउनका लागि धेरै नोटिस दियो तर प्रमोटरले नभत्काएको आरोप छ। जसपछि आज निगमका इन्जीनियरहरूको उपस्थितिमा अवैध निर्माणलाई भत्काइयो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande