एउटै गाउँका तीन जना नानी हराए
एउटै गाउँका तीन जना नानी हराए


धुबड़ी, 09 जून (हि.स.)। एउटै गाउँका तीन जना नानी अचानक हराएपछि धुबड़ी जिल्लाको चापर थानान्तर्गत छागलखुटी गाउँमा हड़कम्प मचेको छ। चापरको छागलखुटीबाट हराएका तीनै नानीहरू आदिवासी समुदायका बताइएका छन्।

हराएका तीन नानीहरूको पहिचान मनोज सीन्स, संजीव कर्मकार र अभिमन्यू तान्तीको रूपमा गरिएको छ।

तीनै नानी बिहिवार बिहानेदेखि हराएका छन्। यस घटनालाई लिएर क्षेत्रमा भारी तनाव व्याप्त छ। यसबीच तीनै नानीका आमा-बाबू एवं परिजनहरूले यिनीहरूलाई अलग-अलग ठाउँहरूमा खोजीरहेका छन् तर यिनीहरूको कुनै अत्तो-पत्तो छैन। यिनीहरूका परिजनहरूले पुलिस कहाँ नानीहरू हराएको शिकायत गरेका छन्। नानीहरू हराएपछि यिनीहरूका परिजनहरूले पुलिससित सम्पर्क गरे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande