नयॉं दिल्ली, 13 दिसम्बर (हि.स.)। पेरिस 2024 ओलम्पिक रजत पदक विजेता नीरज चोपड़ा र विश्व एथलेटिक्स महिला फील्ड इभेन्ट एथलीट अफ् द ईयर यूक्रेनकी यारोस्लावा महुचिख ती 23 एथलीटहरूमा सामेल छन् जसको प्रतियोगिता कलाकृतिहरू विश्व एथलेटिक्स विरासत संग्रहमा सामेल गरिएको छ। विश्व एथलेटिक्स संग्रहालय (एमओडब्ल्यूए) ले एथलीटहरूको कलाकृतिहरू अनलाइन 3डी प्लेटफर्ममा प्रदर्शित गर्नेछ।
विश्व एथलेक्टिसका अध्यक्ष सेबेस्टियन कोएले एक आधिकारिक बयानमा भने, 'ती एथलीटहरूलाई धन्यवाद जसले 2024 मा हाम्रो संग्रहालयको संग्रहको निम्ति आफ्नो प्रतियोगिताको लुगा, जुत्ता र पदकसमेत दान गरेका छन्। यो वर्ष हामीलाई 1960 को दशकका दुई आइकन, व्योमिया टायस र बिली मिल्स र 1980 को ओलम्पिक 100 मिटर च्याम्पियन एलन वेल्स, साथै 2000 र 2008 को ओलम्पिक हेप्टाथलन स्वर्ण पदक विजेता क्रमश: डेनिस लुईस र नतालिया डोब्रिन्स्काबाट ऐतिहासिक ओलम्पिक जितेको वस्तु प्राप्त भएको छ।'
उनले भने, 'हामी आज पेरिस 2024 पदक विजेताहरू यारोस्लावा महुचिख, थिया लाफान्ड र नीरज चोपडाबाट दानको घोषणा गर्न पाउॅंदा गर्व महसुस भइरहेको छ।' महुचिखले जुलाईमा स्टेड चार्लेटीमा पेरिस डाइमण्ड लीगमा 2.10 मिटरको लङ्ग जम्पका साथ लामो समयदेखि चलिरहेको विश्व रेकर्डलाई तोडेकी थिइन् र अग्रस्तमा स्टेड डी फ्रान्समा ओलम्पिक उपाधि जितेकी थिइन्।
यसैगरी, टोक्यो खेलहरूमा जेभलिनमा स्वर्ण पदक जितेर एथलेक्टिस भारतको पहिलो ओलम्पिक उपाधि जित्ने नीरतले पेरिस 2024 मा लगाएको प्रतियोगिता टी-शट दान गरेका छन्। 89.45 मिटरको आफ्नो दोस्रो चरणको थ्रोका साथ चोपडाले अरशद नदीमपछि रजत पदक हासिल गरे, जसले 92.97 मिटरको ओलम्पिक रेकर्ड बनाएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी