नयॉं दिल्ली, 21 दिसम्बर (हि.स.)। भारतीय महिला फुटबल टीम र मालदीव महिला फुटबल टीमबीच दुई फीफा अन्तरराष्ट्रिय मैत्रीपूर्ण म्याच हुने भएको छ। अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले शुक्रवार उक्त घोषणा गरेको हो।
भारतको भिडन्त 30 दिसम्बर र 2 जनवरीमा बेङलुरुको पादुकोण-द्रविड़ सेन्टर फर् स्पोर्ट्स एक्सीलेन्समा मालदीवसॅंग हुनेछ। म्याच भारतीय समयानुसार दिउॅंसो 3:30 बजी शुरू हुनेछ।
13 दिसम्बरमा जारी नवीनतम फीफा ऱ्याङ्कीङ अनुसार, भारत 69औं स्थानमा छ भने मालदीव 163औं स्थानमा छ। ब्लू टाइग्रेसेसले अन्तिमपल्ट अक्टोबरमा साफ महिला च्याम्पियनशिपमा म्याच खेलेको थियो, जसमा सेमिफाइनलमा नेपालसॅंग पराजित भएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी