मुख्यमन्त्री तामाङले एनईसीको 72औं पूर्ण सत्रमा जलवायु परिवर्तन र बढ्दो आपदाहरूको मुद्दा उठाए
मुख्यमन्त्री प्रेमसिंह तामाङ


गान्तोक, 21 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज त्रिपुराको राजधानी अगरतलामा आयोजित पूर्वोत्तर परिषदको 72औं पूर्ण सत्रमा सहभागी बने। पूर्ण सत्रको अध्यक्षता केन्द्रिय गृहमन्त्री अमित शाहले गरेका थिए। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयका मन्त्री ज्योतिरादित्य एम. सिंधिया लगायत पूर्वोत्तर राज्यहरूका राज्यपालहरू र मुख्यमन्त्रीहरूको उपस्थितिमा सम्पन्न पूर्ण सत्रमा मुख्यमन्त्री तामाङले विशेषरूपमा जलवायु परिवर्तन र बढ्दो आपदाहरूको मुद्दा उठाएका थिए।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनको प्रभावमाथि सबैको ध्यान आकर्षित गर्दै जलवायु परिवर्तनले द्रुत गतिमा हिमनदी तालहरू विस्तार भइरहेको र यसले ग्लेशियल लेक आउटबर्स्ट फ्लडको जोखिम बढेर गएको छ भने। उनले देशको 189 उच्च जोखिम हिमनदी तालहरू मध्ये 40 वटा सिक्किममा अवस्थित रहेको जानकारी गराए।

उनले गत वर्ष 2023 मा आएको विनाशकारी हिमनदी बाढीको उल्लेख गर्दै सिक्किम भुॅंइचालो, पैह्रो, बाढीजस्ता जटिल प्रकोपहरूको जोखिममा रहेको बताए। यी चुनौतीहरूलाई सम्बोधित गर्न मुख्यमन्त्रीले सत्रमा विभिन्न अपील र प्रस्तावहरू राखेको आफ्नो आधिकारिक फेसबुक पेजको पोस्टमा जानकारी गराएका छन्।

यस क्रममा मुख्यमन्त्री तामाङले प्रकोप जोखिम मूल्याङ्कन र योजना वृद्धि गर्नका लागि उच्च रिजोलुसन स्याटेलाइट इमेजरीमा नियमित पहुँच, वास्तविक-समय डाटा प्रसार सुनिश्चित गर्न उपग्रह प्रविधिको साथ स्वचालित मौसम केन्द्रहरू र प्रारम्भिक चेतावनी प्रणालीहरूको जडान, जलवायु-स्मार्ट गाउँहरूको कार्यान्वयन, टिस्टा र रङ्गीत नदीहरूको व्यापक नदी मोर्फोमेट्री अध्ययन आदि कुराहरू आफ्नो सम्बोधनमा राखे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande